You are here: Home » मिडिया / समाचार » विगतलाई सम्झिदा

विगतलाई सम्झिदा

विगतलाई सम्झिदा

दुई छोरा र एक छोरी तिन भाईवहिनी मध्ये उ अलि मसँग नजिक थियो । अरु नानी बाबुहरुलाई कार्य व्यस्तताका कारण त्यति धेरै समय मैले दिन सकेको थिईन् । म उ सँग असाध्य धेरै खेल्थे उ अलि चकचके पनि थियो । चकचके केटाकेटीलाई मन पराउने मेरो बानी छ । उ असाध्य जिद्धी गथ्र्याे । कहिले काहि त रुहाउने सम्मको उसको व्यवहार हुन्थ्यो । उ रिसायो भने कैयौ घण्टा ढोका थुनेर कोठा भित्रै बस्दिनथ्यो । उसको नजिक कुनै भाडा हुन्थेनन । झ्यालका ठोकाहरु राख्थेन् । जब शान्त हुन्थ्यो त्यसपछि उ जत्तिको असल र राम्रो अरु हुन्थेनन् । उसका विचित्रका रुची र स्वभावहरु थिए । र ति रुचीहरु बदलिदै जान्थे । उसले सानै उमेरमा दर्जनौ फुटबलहरु फुटाल्यो होला । १ वर्ष जति उसले कराते खेल्यो । गित संगितमा उसको रुची भएका कारण कराते छुटाएर उसलाई संगितमा व्यस्त गराउने मैले सोचेको थिए । पछिल्लो पटक हारमोनियम बजाउने उसको रहर पुरा गर्न नपाउदै आफै अलप भएर गयो । 

शुरु गरिएको यात्रा अन्त्य हुन्छ । जन्म पछि मृत्यु निश्चित छ । फलेका फलहरु सबै सफल हुदैन्न । र म पनि यस्तै सोच्थे, मृत्यु सामान्य हुन्छ, मृत्यु निश्चित छ । मैले पढेको, सिद्धान्त भन्दा भोगेका अनुभवहरु फरक हुदाँ रहेछन् ।  ति यादहरुले मलाई कैयौ दिनसम्म निदाउन दिएन्न र सधै गिज्याईरहे । 

आज उ  हामीसँग भएको भए एघार वर्षिय बालापनको उकालो चढिरहेको हुन्थ्यो र उसको जन्मदिनका लागि भव्य तयारी गरिएको हुन्थ्यो होला ।  हरेक अभिभावकको सन्तुष्टि आफ्ना बालबालिकालाई खुसि तुल्याउनु हो । म उसको खुशिलाई जिवन्तता दिनका लागि आफ्ना सबै खुशिहरु त्याग्न तयार थिए । उसको लागि न कुनै अभाव थियो न कुनै बन्देजहरु थिए । 

अन्त्यमा, बाबु म तिमिलाई त्यही शुभकामना दिन चाहान्छु जुन खुशिसाथ तिमी मसँग रमाएर बसेका थियौ त्यही खुशिकासाथ त्यहाँ पनि रमाएरै बस्नु । वितेका एक वर्ष