फाउण्डेशनको उदेश्य

- विपन्न समुदायका अति जोखिममा रहेका बालबालिकाहरुको पहिचान गरी राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने
- अभिभावक विहिन तथा वेसहारा बालबालिकाको लागिबाल गृह सञ्चालन गर्ने र उनीहरुको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने÷गराउने ।
- सडक दुर्घटनाबाट हुन सक्ने सम्भावित जोखिमहरुको बारेमा बालबालिका र अभिभावकलाई जानकारी गराउने,
- सार्वजनिक यातायात आचार संहिता, राष्ट्रिय यातायात नीति तथा ट्राफिक नियमको बारेमा जनचेतना जगाउने,
- विपन्न समुदायका जेहेन्दार तथा जिल्लाका उत्कृट छात्र छात्रालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति सहयोग गर्ने,
- पहिलो पटक ६,००,०००÷–(अक्षेरुपी छ लाख) को अक्षकोषको स्थापनागर्ने र कोषलाई निरन्तर बृद्धि गर्दै लैजाने ।
- शिक्षा, स्वास्थ्यसंग सम्वन्धीत जनचेतनामुलक कार्यक्रम गरि स्वास्थ्य शिविहरु सञ्चालन गर्ने
- शैक्षिक परामर्श शेवा सञ्चालन गर्ने÷गराउने ।
- विभिन्न क्षेत्रको खोज, अनुसन्धान तथा अध्ययन गरी सम्बन्धित निकायलाई पृष्ठपोषण र नीति बनाउन सहयोग गर्ने,
- बालबालिका संग सम्बन्धित सबै प्रकारका हिंसा र दुव्र्यवहार न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गर्ने ।
- विद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धिका लागि सूचना प्रविधि र पुस्तकालयको स्थापना गर्ने,
- सार्वजनिक सेवाको गुणस्तर बृद्धिका लागि राज्य तथा नागरिक संग सम्बादको शुरुवात गर्ने,
- शुशासन र सामाजिक जवाफदेहिताको क्षेत्रमा पहल गर्ने ।
- सामुदायीक स्वास्थ्य संस्था, रेडियो, पत्रपत्रिका प्रकाशन तथा स्थापना गरी सामाजिक विकास निर्माणमा सहयोग पु¥याउने
- साझा उद्धेश्य र लक्ष्य भएका विकास साझेदार संस्था र नागरिक समाजका संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने ।